मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

news
news
October 14, 8:06

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका -२ आमबगीयामा से२प ५९५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा -१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएका छन्। उनीहरु दुबै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृतक लक्ष्मणको पनि सेती अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा