Aagan-cakes-web-banner-2

अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

news
October 16, 11:52

३० असोज, काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

भारतमा अनिश्चितकालका लागि बन्द...
नयाँ दिल्ली। वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका… विस्तृतमा
भारतको दिल्लीमा लकडाउन : आज देखि स्कुल र सरकारी…
धनगढी, २९ कार्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको… विस्तृतमा
इक्वेडरको जेलमा कैदीहरुबीच झडप : ६८ जनाको ज्यान गयो…
काठमाण्डाै - इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।गाकुइल सहरमा… विस्तृतमा
नेपाल र भारतका पर्यटन मन्त्रीबीच भेटवार्ता, मुम्बई र…
दिल्ली, २७ कार्तिक । भारतीय नागरिक उड्यन मन्त्री ज्योतिरादित्य एम सिन्धिया र नेपालका संस्कृति,… विस्तृतमा