बैतडीको बाढीमा फसेकाको बिलौना- 'जुनसुकै बेला बगाउन सक्छ, छिटो उद्धार गरिदिनुस्'

news
news
October 19, 9:33

बैतडी — बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना जति स्थानीयहरु उद्वारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जुन टापु जुन सुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । घटनास्थलमा उद्धार टोलीसमेत जान नसक्दा टापुमा एक युवतीले एउटा अडियो रेकर्ड गरी उद्धारको अपिल गरेकी छन् ।

अर्चना चन्द नाम गरेकी ती युवतीले बनाएको अडियो रेकर्डमार्फत उद्धारका लागि अपिल गरिएको छ । अडियोमा उनले भनेकी छन्, 'बाढीले जुनसुकै बेला यहाँका मान्छेलाई जेसुकै हुनसक्छ ।'

'नमस्कार म अर्चना चन्द । बैतडीको सिगास गाउँपालिका वडा नं ५ ढुंगाडबाट बोल्दैछु । हिजो राति १० बजेतिर सेती नदीको बाढी आएर ढुंगाडलाई बगाएको छ । हामी यहाँका स्कुल र होस्टेलतिर भोकै बसेका छौँ ।

यहाँ हामी ५०/६० जना गाउँतिरै बसिराखेका छौँ । बाढीले गर्दा जतिबेला पनि जेसुकै हुनसक्छ । यहाँका मान्छेलाई कसैले अहिलेसम्म उद्वार गर्न पनि सकेको छैन । हामीलाई खान बस्नको व्यवस्था पनि छैन । अहिले मौसम पनि राम्रो छैन ।'

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा