राजधानी कपः उद्घाटन खेल पिएफए अत्तरिया भर्सेस गौरीगंगा

15592
15592
May 31, 6:28

धनगढी, १७ जेठ – जेठ १८ गतेदेखि २८ गतेसम्म कैलालीको अत्तरीयामा आयोजना हुने गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पिएफए अत्तरियाको आयोजनामा पहिलो पटक हुन लागेको फुटबल प्रतियोगिताको तयारी सकिएको हो ।

वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा १० टीमको सहभागीता रहेको छ । उनीहरुलाई चार समुहमा विभाजन गरेर खेल तालिका बनाईएको छ ।

प्रतियोगितामा आयोजक पिएफए अत्तरिया, गौरीगंगा स्पोर्टस मसुरीया, नेपालगंञ्ज स्पोर्टस क्लब नेपालगंज, सुदुरपश्चिम–११ स्पोर्टस क्लब र मनकामना युवा क्लब जुगेडा, घोडाघोडी युवा क्लब सुख्खड, सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास, वी वाईसी युवा क्लब तेघरी, माउण्ट एभरेष्ट युवा क्लब अत्तरिया, फारवेष्ट पशुपति युवा क्लब धनगढीको सहभागीता रहेको छ ।

शनिवार हुने उद्घाटन खेलमा आयोजक पिएफए अत्तरिया र गौरीगंगा–११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा