रोल्पाकी एउटी शिक्षिका जसले ९ विद्यार्थीको एकै पटक हात भाँचिदिइन

923
923
June 03, 1:23

रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।
उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए ।
शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन् ।

‘विद्यार्थीहरू लाइन लाग्दै थिए, हामी पनि स्कुलमा आइपुग्यौं,’ बाँठाले भनिन्, ‘मिसले किन ढिलो आयौ भनेर हामीलाई लौराले धमाधम हान्न थाल्नुभयो । अरू शिक्षकशिक्षिका हेर्न नसकेर अफिसतर्फ दौडिनुभयो ।’
शिक्षिकाको कुटाइबाट घाइते हुने अन्य विद्यार्थीमा प्रेम पुन, सन्तोष बुढा मगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली छन् । दुखाइका कारण रातदिन सताउने र लेख्न, पढ्नसमेत नसकेको अभिभावक प्रताप घर्तीले बताए ।

केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा