यसरी निर्माण हुदैंछ धनगढी विमानस्थल (फोटो फिचर)

June 03, 8:00

धनगढी, २० जेठ – धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ । एक महिनाको अवधिमा धावन मार्ग स्तरोन्नतीको काम सम्पन्न नभए पछि विमानस्थल थप एक साता बन्द हुन लागेको हो । विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको निर्माण कम्पनीले जनाएको छ । अब मौसममा खराबी नआएमा जेठ २९ गतेबाट विमानस्थल सुचारु गर्ने गरी काम भइरहेको छ । 
गत वैशाख २२ गतेबाट उडान नै बन्द गरेर धनगढी विमानस्थलमा धावन मार्ग स्तरोन्नती सँगै माकिङ्ग क्षेत्र विस्तारको काम भइरहेको छ । निर्धारित समयमा धावन मार्ग विस्तारको काम नसकिएपछि वैशाख २८ गतेसम्म विमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले बताउनु भयो । 
अहिले तीन वटा मात्रै ठुला जहाज पार्किङ गर्न मिल्ने धनगढी विमानस्थल अब चार वटा ठुलै जहाज पार्किङ मिल्लनेगरी बन्न लागेको उहाँको भनाई छ । 
मौसमले साथ दिएमा अबको ५ दिनमा विमानस्थलमा हवाई उडान सुचारु हुने गरी काम भइरहेको लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इन्जिनियर सचिन थापाको भनाई छ । पानी परेको खण्डमा भने फेरी धनगढी विमानस्थलको काम लम्बिने देखिएको छ । 
दैनिक ५ वटा जहाज मार्फत साढे ६ सयको हाराहारीमा यात्रुको ओहोरदोहोर हुने धनगढी विमानस्थल विगत एक महिना देखि ठप्प छ । जसले गर्दा यहाँका नागरिकहरूलाई सास्ती भइहरहेको छ । प्रदेशमा एउटा पनि वैकल्पिक विमानस्थल नभएपछि अहिले यहाँका नागरिकहरू नेपालगन्जको हवाई सेवा मार्फत हवाई यात्रा गर्न बाध्य छन् ।

1

 

2

3

 

4

 

56

7

889