बङ्गलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षकाे जेल सजाय

news
news
November 09, 8:36

काठमाण्डाै – बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकामा रहेकाे एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ ।

ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्वप्रधानन्यायाधीश सिन्हालाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । उहाँले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ ।
ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले याे फैसला सुनाउनुभएकाे थियाे ।   

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स बैंक भनिने अहिले पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ ।   त्याे रकम सिन्हाको बैंक खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको पाइएकाे थियो । 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा