त्रिवि प्रश्नपत्रमा चरम लापराबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु

Tribhuwan-Univerity
Tribhuwan-Univerity
June 05, 1:17

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ । 

विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा विश्वविद्यालयकै एक सोही विषयका एक शिक्षकले लेखेको किताबको हुबहु प्रश्न समावेस गरी शिक्षाशास्त्र संकायले उक्त विषयको प्रश्न तयार पारेको भेटिएको छ ।

परीक्षा सकिएपछि शिक्षाशास्त्र संकाय बिएड तेस्रो वर्षका एक विद्यार्थीले आप्mनो फेसबुकमा त्रिविले प्रकाशित गरेको प्रश्नपत्र र शिक्षक तारादत्त भट्टद्वारा लिखित पिनाकल पब्लिकेसनको इंग्लिस फर मास कम्युनिकेसन पुस्तकको पृष्ठ नम्बर ४५६ मा प्रकाशित प्रश्न बैंकको प्रश्न हुबहु रहेको प्रमाणसहित पोष्ट गरेका छन्। विद्यार्थीहरुले विश्वविद्यालय परीक्षा नियन्त्रक कर्मचारी र शिक्षकहरुको मिलिमतोमा शिक्षकको किताब व्यापार गराउने चलखेल भएको समेत प्रक्रिया दिएका छन् ।

तरादत्त भट्टले पिनाकल पब्लिकेसनमा प्रकासित गरेको किताबको पृष्ठ ४५६ को समूह ‘बी’ को प्रश्न १–८ र समूह ‘सी’को प्रश्न नम्बर ९–१० हुबहु सारेर त्रिवि विश्वविद्यालय शिक्षाशास्त्र संकायले यस वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको प्रश्नपत्र तयार पारेर विद्यार्थीहरुको परीक्षामा समावेश गरेकालाई विद्यार्थीहरुले त्रिविको चरम लापारबाहीको भएको भन्दै आक्रोश पोखेका छन् ।  ‘विश्वविद्यालयका शिक्षकहरु इमान्दारीपूर्वक पढाउनु भन्दा पैसा कमाउने सजिलो उपाय खोज्ने गरेका छन्,’ सोही पोष्टमा प्रकाश मानन्धरले कमेन्ट गरेका छन् । नागरिक दैनिकले लेखेको छ ।

त्रिवि परीक्षा नियन्त्रक कार्यालयका पूर्वनियन्त्रक केशव बास्तोलाका अनुसार तरादत्त भट्ट त्रिवि शिक्षा शास्त्र संकायका अंग्रजीका शिक्षक हुन्। भट्ट त्रिवि अनुसनधान निर्देशनालयका पूर्वनिर्देशक पनि हुन्। पूर्वनियन्त्रक बास्तोलाका अनुसार परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा कार्यरत कर्मचारीहरुले इमान्दारीपूर्वक काम नगर्दा लापरबाही हुने गरेको छ। उनका अनुसार गोप्य शाखाका कर्मचारीले चिनजानको आधारमा शिक्षकहरुसँग प्रश्नपत्र माग्दा लापरबाही हुने गरेको हो। उनले भने, ‘प्रश्नपत्र गोप्य शाखाले तयार पार्ने हो ।

यसबारे परीक्षा नियन्त्रक वा सहनियन्त्रकहरुलाई पनि केही जानकारी हुँदैन।’ विश्वविद्यालयका पदाधिकारीहरु परीक्षाको सवालमा संवेदनशील हुन नसकेका कारण त्रिविमा लापरबाही बढ्दै गएको उनको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक भूपाल श्रेष्ठलाई यसबारे जिज्ञासा राख्दा आपूmलाई यसबारे केही थाहा नभएको जनाए। ‘तारादत्त भट्ट हाम्रै शिक्षक हुन्,’ उपनियन्त्रक श्रेष्ठले नागरिकसँग भने, ‘उनले प्रश्नपत्र दिएका हुन् वा होइनन् मलाई थाहा छैन।’ उनले थपे, ‘परीक्षा नियन्त्रण कार्यालयको आन्तरिक प्रक्रिया हुन्छ। त्यहीअनुसार प्रश्नपत्र छनोट र प्रकाशित हुने हो ।’ 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा