नेपाल र भारतका पर्यटन मन्त्रीबीच भेटवार्ता, मुम्बई र बेंग्लोरमा उडान भर्न दिने सहमती

news
news
November 13, 11:00

दिल्ली, २७ कार्तिक । भारतीय नागरिक उड्यन मन्त्री ज्योतिरादित्य एम सिन्धिया र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आलेबीच द्धिपक्षयीय भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा भएको छलफलमा भारतीय नागरिक उड्डन मन्त्री सिन्धियाले पर्यटन र हवाई क्षेत्रमा द्धिपक्षीय हितमा साझेदारी र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार नयाँ दल्लीस्थित राजिव गान्धी भवन सफदरगंज भवनमा भएको भेटवार्तामा भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले  नेपाली जहाजलाई भारतीय थप बिमानस्थलहरुमा उडान भर्न दिने बताए । 

पर्यटनमन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बेग्लोरमा उडान भर्न दिन गरेको आग्रहलाई पर्यटन मन्त्री सिन्धियाले स्वीकार गरेका छन् ।

साथै पर्यटन मन्त्री आलेले काठमाण्डौं–दिल्ली–काठमाण्डौं उडान थपका लागि गरेको आग्रहलाई समेत भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले पुरा गर्ने बचन दिएका छन् ।

कोरोना शुरु हुन अघि नेपालबाट नेपाली ध्वजाबाहक जहाजले मुम्बई र बेंग्लोरमा हप्तामा चार दिन उडान भर्ने गरेका थिए । कोरोनापछि बन्द रहेको काठमाण्डौं–मुम्बई र काठमाण्डौ–बेग्लोर हवाई सेवा पनि द्धिपक्षीय भेटवार्तापछि शुरु हुने संकेत देखिएको छ ।

मन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियासंग भएको छलफल अत्यन्त सकारात्मक भएको र छलफलबाट आफू निकै उत्साही भएको बताए ।

कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सिमित उडान अनुमती दिइएको एयर बबल अबधारणामा आधारित उडानलाई हटाई दुबै देशको मागका आधारमा उडान खुला गर्न सिन्धिया सहमत भएको मन्त्री आलेले बताए । 

नेपाल र भारतबीच एक वर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीकालागि मात्रै उडान हुदै आइरहेको छ । हाल दुबै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक–एक वटा उडान गर्दै आएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा