ब्रह्मास्मी एसईई कपकाे टिम नाम र टिम मालिक घाेषणा

CBsn9z54RGi899Ti
CBsn9z54RGi899Ti
June 06, 6:43

ब्रह्मास्मी कलेज तिनकुनेकाे मुख्य प्रायाेजनमा नेक्सस क्रिकेट एकेडेमी ले अायाेजना गर्ने एसईई कपकाे अाज टिम काे नाम र टिम का मालिक हरूकाे घाेषणा गरेकाे छ । नेपालमा पहिलाे पटक एसईई दिएका उमेर समुहका खेलाडी हरूकाे पहिलाे फ्रेन्चाईज बेसमा उक्त प्रतियोगिता सम्पन्न हुने अायाेजक ले जानकारी दिएका छन ।

देशभरका १२ स्थानमा सम्पन्न ट्यालेन्ट हन्ट बाट छनाैट भएका १२० खेलाडी लाई काठमाडौंमा ७ दिने बन्द प्रशिक्षण मा राखी प्रतियोगिता का लागि ६० खेलाडी छनाैट गरिसकेको छ ।

यसरी छनाैट भएका खेलाडी हरूकाे अक्सन मार्फत ४ टिम मा बिभाजन गरिने टुर्नामेन्ट डाईरेक्टर प्रबल गाैतम ले जानकारी गराउनु भयाे । खेलाडीहरूकाे अक्सन जेष्ठ २४ गते नेक्सस क्रिकेट एकेडेमी काठमाडौंमा हुने समेत जनाउनु भएकाे छ ।

एसईई कप २०७६ मा सहभागी हुने ४ टिम मा

१ काठमाडौं राेयल 
२ कैलाली डल्फीन 
३ दङगाली त्रिशुल 
४ बिराटनगर लाईन्स 

रहेका छन ।

काठमाडौं राेयलका मालिक केशब केसी, कैलाली डल्फीनका मालिक मंगल शाही, दङगाली त्रिशुल का मालिक डा• अालया शर्मा र बिराटनगर लाईन्स का मालिक अभिशेक श्रेष्ठ रहेका छन ।

३०/३० ओभरको राउन्ड राेबिन लिगका आधारमा काठमाडौंकाे मुलपानीमा सम्पन्न हुने प्रतियोगिता काे बृस्तीत बिबरण प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईने आयोजकले जनाएकाे छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा