कांग्रेस अधिवेशनलाई स्कुल बन्द, दाहाल आउने ‘खुसी’ मा नगर बिदा

news
news
November 18, 11:25

बैतडी — कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न भनेको छ ।नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पठनपाठन बन्द गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरेको हो ।

दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा बैतडीमा कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मंसिर ५ देखि तीन दिनसम्म विद्यालय बन्द गर्न भनिएको छ । वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजियाले विद्यालयलाई पत्र आइसकेपछि यस विषयमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाइएको जानकारी दिए ।

‘बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी तीन दिन विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने होला भनेर हामीले माथिल्लो निकायलाई पत्र पठाएका छौं । भोलिसम्म जवाफ आउला,’ उनले भने । कांग्रेसको बैतडी जिल्ला कार्य समितिले पनि वीरेन्द्र माविलाई चार दिनका लागि विद्यालय भवन र फर्निचर उपलब्ध गराइदिन छुट्टै पत्र लेखेको छ ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा घोषणा गरेको थियो । नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नं. २, ३, ४, ६, ७, ८ र ९ मा उद्घाटन कार्यक्रमका लागि बिदा दिएको जनाएका थिए ।

तर नेता आउँदा बिदा दिएको भन्दै विरोध हुन थालेपछि नगरपालिकाले बुधबार ‘सच्याएर’ विज्ञप्ति जारी गर्दै ‘समाचकेवा पर्वका लागि’ बुधबार र बिहीबार शैक्षिक संस्था मात्र बिदा हुने निर्णय गरेको जनाएको छ ।

साभार ः कान्तिपुर 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा