नेता शाहीले डोटीमा बाढी पहिरो बाट मृत्यू भएका परिवारलाई नगद हस्तान्तरण

news
news
November 18, 5:12

बाढी पहिरोबाट मृत्यू भएका परिवारलाई नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले घरमै पुगेर राहत हस्तान्तरण गरेका छन् । नेता शाहीले बिहीबार मृत्यू भएका मध्य सायल गाउँपालिकाका ६ र आदर्श गाउँपालिकाका १ गरी ७ जनालाई प्रति व्यक्ति १० हजारका दरले ७० हजार नगद हस्तान्तरण गरेका हुन् ।

उनले यस अघि गत सोमबार जोरायल गाउँपालिकाका ७ जनालाई पनि राहत बितरण गरेका थिए । मृत्यू भएका अन्य व्यक्तिका परिवारलाई समेत राहत दिइने शाहीले जानकारी दिएका छन् । असोज ३१ गतेदेखि मंसिर ३ गतेसम्म परेको अबिरल बर्षाले डोटीमा १६ जनाको मत्यू भएको थियो ।

बाढी पहिरो पीडीत परिवारलाई राहत पुगोस भन्ने उदेश्यले नगद हस्तान्तरण गरेको नेता शाहीले बताए । नेपाल बिधार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका शाहीले बाढी पहिरोबाट मृत्यू भएका परिवारका आफन्तलाई राहत दिन गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाह र नेपाली कांग्रेस जनसम्पर्क समिती डेनमार्कका उपसभापति नील कुमार थापाले सहयोग गरेको प्रति धन्यबाद व्यक्त गरेका छन् । शाहीले कोभिड १९ बाट बच्न आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु समेत डोटीका ९ वटै स्थानिय तहमा हस्तान्तरण गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा