धनगढीमा एक बालक मृत फेला, हत्या आशंका

एक
एक
November 18, 5:37

धनगढी, धनगढीमा बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग वडा नम्बर २ को रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्।

उनकी आफ्नी आमा र बुवा बहादुर भने भारतमा छन्। माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन्। ‘माघी रोकाया एक छोरा र एक छोरीसंगै कार्तिक ३० गतेदेखि बेपत्ता रहेको जानकारी प्राप्त भएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’ स्थानीयले बालकको हत्या भएको बताएका छन्।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा