भारतले बाटो नदिएपछि जनगणनाको टोली नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने

एक
एक
November 19, 1:13

दार्चुला,३ मंसिर - भारतीय प्रशासनले बाटो नदिए पछि जनगणनाका लागि खटिएका टोली नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिँडेको छ । 

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएका केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्छ । भारतीय भूमि हुँदै भने एकैदिनमा पुगिन्छ । 

सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएका हुन् ।

यसअघि भारतीय प्रशासनको बाटो प्रयोग गर्न अनुमति कुरेर गणकहरु दार्चुला सदरमुकाम खलङ्गामा रोकिएका थिए ।  खलङ्गाबाट नेपाली बाटो हुँदै छाङरु र तिङ्कर पुग्न सजिलो छैन । खलङ्गाबाट तिङ्कर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।

जोखिमयुक्त क्षेत्रमा सशस्त्र  प्रहरीसँग समन्वय गरेर बाटो पार गरिने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । छाङरु र तिङ्करमा जनगणना गर्न पालिका र सुरक्षाकर्मीसँगै सीमा सुरक्षा बलसँग समन्वय गरिएको विभागले जनाएको छ । 

यसअघि जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा