काला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छुः मन्त्री आले

एक
एक
November 19, 10:20

विमल विष्ट
काठमाडौँ, मङ्सिर ३

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गित संगीत बिना मान्छेको जिवन अधुरो हुँने बताउनु भएको छ । राष्ट्रिय संगीत कर्मी संघले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गीत संगीत बिना मान्छेको जिवन अधुरो हुने भएकाले काला, संस्कृति तथा संगीत क्षेत्रको विकासका लागि आवश्यक पर्ने सहयोगका लागि आफु तयार रहेको बताउनु भएको हो ।
सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री आलेले संगीत क्षेत्रको विकासका लागि आफुले सक्दो बजेट समेत बिनियोजन गराउने आश्वासन समेत दिनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृति र गित संगीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गित संगीतको विकासका लागि मैले बजेट विनियोजन गराउछु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भासाभासीका कला, संस्कृति र गित संगीत देश बिदेश सम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा संगीत कर्मीहरुसँग आग्रह समेत गर्नुभयो ।

संगीत विना अधिकाँस काम तथा कलाहरु अधुरा हुने भएकाले संगीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, “संगीत बिना अधिकाँस काम तथा कलाहरु अधुरा हुने भएकाले संगीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा संगीत कर्मी संघले मन्त्री आलेलाई सम्मान समेत गरेको थियो । 


 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा