Aagan-cakes-web-banner-2

कञ्चनपुर काँग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

एक
November 23, 7:56

धनगढी स् नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बोहरा पराजित भएका हुन्। 

१० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेपछि उनी पराजित भएका हुन्। महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरू जितेका छन्। बोहरा पूर्वमन्त्री रमेश लेखक निकट नेता हुन्।

बोहरा फेरि जिल्ला सभापतिमा चुनाव लड्ने चर्चा थियो। तर महाधिवेशन प्रतिनिधिमा पराजित भएसंगै उनले सभापतिमा चुनाव लड्न नपाउने भएका छन्। 

१. उद्धव बोहरा २६५ (विजयी)
२. चिन्तामणि भट्ट ३३२ (विजयी)
३. टिका बैज २५९ (विजयी)
४.  दलबहादुर बोहरा ३०६ (विजयी)
५. दुर्गाप्रसाद भट्ट २७६ (विजयी)
६. पुष्कर राज ओझा ३०३ (विजयी)
७. बलदेव बोहरा १९०
८. बहादुरसिंह थापा ३६६ (विजयी)
९. भैरव ऐर ७७
१०. भोजराज बोहरा २१३
११. मिनबहादुर सिंह २८० (विजयी)
१२. रमेश चन्द्र ऐर १३२
१३. ललित बहादुर सिहं १११
१४. लोकबहादुर देउवा ३०४ (विजयी)
१५. शेरबहादुर साउँद ११६
१६. सिद्धराज भट्ट २०६
१७. सुरेन्द्रबहादुर देउवा २०१
१८. हरिप्रसाद बोहरा २४४
१९. हेमराज ओझा ३३२ (विजयी)
 

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा