नेपाल वायुसेवालाई कालोसूची बाट हटाउन युरोपियन युनियन सकारात्मक

news
news
November 23, 11:29

विमल विष्ट
काठमाडौँ, मङ्सिर ७

नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीको टोलीले आज मन्त्रालयमा गरेको सिष्टाचार भेटवार्तापछि मन्त्रीको आग्रहमा वायुसेवा निगमको कालोसूची हटाउनमा युरोपियन युनियन सकारात्मक देखिएको हो ।युरोपेली युनियनले हरेक ६÷६ महिनामा सार्वजनिक गर्ने एयर सेफ्टी लिस्टमा नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ ।


नेपाल पछिल्लो ८ वर्षदेखि लगातार ईयूको एयर सेफ्टी लिस्ट (कालोसूची)मा परेको छ । यो सूचीमा रहेका वायुसेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध गरिएको छ ।उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गर्नु भएको थियोे ।मन्त्री आलेको आग्रह पछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।” 


उक्त छलफका क्रममा दुइ पक्षिय सहयोगका बिभिन्न विषयमा छलफल भएको थियो । नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँहरुकाठमाडौँमा हुनुहुन्छ ।उक्त भेटवार्ता तथा छलफलमा युरोपेली संघका तर्फबाट राजनितिक शाखा प्रमुख स्टेफेन नेकोन, डेस्क अधिकृत जान होम्कोफ तथा शाखाका उप प्रमुख इभो स्चुट रहनु भएको थिए भने नेपालका तर्फबाटनेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाइ सुरक्षा बिभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिब डा टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा