जनगणना-२०७८ : जन्ममिति र बिहेको उमेरमा अनभिज्ञता

एक
एक
November 24, 2:59

कञ्चनपुर — जन्म मिति, विवाह हुँदाको उमेर र जातजाति जनगणनाका क्रममा सोधिने मुख्य प्रश्न हुन् । तर कतिपयले यसबारे भने अनभिज्ञता प्रकट गर्ने गरेका छन् । जन्म मिति सोध्दा चुनाव भएका बेला वा राजा आएका बेलालगायत उत्तर आउने गरेका छन् । विवाह भएको मितिबारे सोध्दा पनि सानैमा गरेको वा बाढी आएको वर्ष गरेको जस्ता उत्तर आउने गरेका गणकहरूको भनाइ छ । खासगरी ग्रामीण भेगमा निरक्षर व्यक्तिहरू मात्रै घरमा रहेको अवस्थामा यस्तो समस्या आउने गरेको छ । जसका कारण प्रश्नावली भर्न ढिलो मात्रै हुँदैन, वास्तविक मिति नै थाहा नहुने अवस्थासमेत आउँछ । ‘विवाह हुँदाको उमेरबारे सोध्दा धेरैले सानैमा भएको बताउँछन्,’ कञ्चनपुरको बेलौरी नगरपालिका–७ का गणक अनिल चौधरीले भने, ‘ठिक्क उमेर बताउन सक्ने निकै कम भेटिन्छन् ।’

उनका अनुसार कतिपयले जातजातिका विषयमा पनि बताउन सक्दैनन् । जसका कारण जनगणनाका प्रश्नावली भर्न निकै समस्या हुने गरेको छ । चौधरी बेलौरी नगरपालिका–७ कै स्थायी बासिन्दा हुन् । उनको वडामा थारू समुदायसँगै पहाडी र राना थारू समुदायको बसोबास छ । स्थानीय भएका कारण अलिअलि सबै भाषा बुझे पनि कतिपय विषयमा सबै कुरा बुझाउन समस्या हुने गरेको उनले बताए । ‘सुरुमा रानाथारू र पहाडी समुदायमा कुरा बुझाउन केही समस्या भयो,’ चौधरीले भने, ‘एकरदुई दिनपछि भने सहज हुन थाल्यो ।’ उनको गणना क्षेत्र वडा ७ को क्षेत्र ३ हो । उक्त क्षेत्रमा उनले गणना गर्नुपर्ने २ सय ११ परिवारमध्ये २र३ परिवारको मात्रै गणना गर्न बाँकी छ ।

राना थारू र डगौरा थारू समुदायमा परिवार निकै ठूलो हुन्छ । विगतमा एकरडेढ सयसम्म सदस्यहरू एउटा घरमा बसोबास गर्ने भए पनि हालका वर्षमा परिवार संख्या कम हुँदै गएको छ । चौधरीले एउटा घरमा ३० जनासम्म सदस्य भेटिएको बताए । घरमा प्रश्नावली भर्न दुई घण्टासम्म लागेको उनले बताए ।

लालझाडी गाउँपालिका–४ की गणक धनाकुमारी धानुकलाई जनगणनाबारे सम्झाउनै मुस्किल हुन्छ । जनगणनाको प्रश्नावली बोकेर घरघर पुग्दा उनलाई भोट माग्न आएको समेत भन्ने गरेका छन् । ‘भोट माग्न आएको भन्दै झर्केर बोल्ने गर्छन्,’ धानुकले भनिन्, ‘धेरैबेर सम्झाएपछि विवरण बताउन तयार हुन्छन् ।’

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा