Aagan-cakes-web-banner-2

काँग्रेसको १४औँ महाधिवेशन : तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन

news
November 25, 9:41

काठमाडौँ,९ मंसिर ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।

काँग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिए ।  ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ ।

महाधिवेशनमा यस पटक १६५ वटा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले चार हजार २९० जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हालका केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ । महाधिवेशन प्रतिनिधिले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रावधान विधानमा छ । यस अतिरिक्त पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, बर्दिया, बाँके, सप्तरी, सिरहामा बिहीबार क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । सिन्धुपाल्चोक, धनुषा र महोत्तरीमा प्रदेश अधिवेशन प्रक्रिया सुरु गरिएको छ । रसुवा, दार्चुला, धनकुटामा अधिवेशन प्रक्रिया सुरु गरिएको छ ।सर्लाहीमा महाधिवेशन प्रक्रिया अघि बढाउन पार्टीले बुधबार मात्रै निर्वाचन अधिकृत खटाएको छ ।

ढिलामा मङ्सिर १० गतेसम्म क्षेत्रीय अधिवेशन सक्न केन्द्रले निर्देश गरेको छ । पार्टीले आगामी मङ्सिर १६ र १७ गते सातवटै निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन राखेकाले त्यसअघि अधिवेशन नगर्ने जिल्लाले प्रदेश अधिवेशनमा सहभागिता जनाउन सक्ने छैनन् ।

पत्रकार महाधिवेशन प्रतिनिधि
काँग्रेसको महाधिवेशनमा क्रियाशील पत्रकारहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व प्रेस संयोजक गोविन्द परियार काठमाडौँ–६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी दोलखाबाट निर्वाचित भएका छन् ।

यसैगरी लेखक तथा पत्रकार शङ्कर तिवारी नवलपुर–२ बाट, पत्रकार तारा थपलिया दोलखा, सिर्जना स्नेही बझाङ, हरि लम्साल र माया गौतम रुपन्देही, सरस्वती गुरुङ कास्की, माला पालुङ्गा ताप्लेजुङ, दिनेश सुनुवार गोरखा, दीपेन्द्र बान्तवा सङ्खुवासभा, जनकबहादुर शाही हुम्ला, गम्भीर विश्वकर्मा मनाङ, इन्द्र रिसाल स्याङ्जाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।  

यसका साथै बाजुराबाट रिता शाही, झापाबाट लोकराज ढकाल, बाग्लुङबाट सकुन्तला शर्मा, दैलेखबाट खगेन्द्र सुनार र भूपेन्द्र शाही पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।  

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा