काँग्रेस महाधिवेशन : कैलालीमा सभापतिका सबै दावेदार विजयी

news
news
November 25, 11:11

धनगढी र नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिका सबै छ जना दावेदार नै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

सभापतिका लागि धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड, जिल्ला उपसभापति प्रकाशववहादुर वम, पूर्व उपसभापति नारायण भट्ट, खेमराज चौधरी, गणेश देउवा र युवानेता भीम वडुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।

वड, भट्ट र देउवा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन । यस्तै गरेर खेम चौधरी र वडुवाल क्षेत्र नम्बर ३ बाट विजयी भए । भने उपसभापति प्रकाशवहादुर वम क्षेत्र नम्बर ४ बाट विजयी भए ।

वम र बडुवाल एक मतले मात्र महाधिवेशन प्रतिनिधि हुन सफल भएका हुन । यद्यपी क्षेत्र नम्बर ४ मा १० नम्बरमा एक जना छानिनु पर्नेमा तीन जनाको वरावर मत आएकोले पूरै मत फेरि गणना हुन पर्ने विवाद चलिरहेको छ ।

छ जना दावेदार नै सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । यद्यपी प्रकाशवहादुर वमसित नेतृ डा। आरजु राणा देउवा चिढिएको बताइन्छ ।

वर्तमान जिल्ला सभापति नरनारायण शाहको पहिलो रोजाइमा खेमराज चौधरी त्यसपछि नृप वड र प्रकाश वम रहेको चर्चा पनि छ ।
सभापति सहित जिल्लाका सवै पदमा भोली मंसिर १० गते चुनाव हुने कार्यक्रम छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा