धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु 

Dhangadhi Cup
Dhangadhi Cup
June 11, 12:09

धनगढी, २८ जेठ – धनगढीमा, धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलवारदेखि सुरु भएको छ । लिटल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुने छ । एक कार्यक्रमको आयोजना गरी मङ्गलवार प्रतियोगिताको उद्धघाटन गरिएको हो । प्रतियोगिताका खेलहरू फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेका छन् । 

1

लिटल फ्लावर प्रीमियर लिगको चौथो संस्करणको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक लिटल फ्लावर बोर्डिङ हाइस्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले बताए । यस पटकको एलपीएलको चौथो संस्करण कार्तिक १६ देखि सुरु हुने छ । 
विद्यालयस्तरका खेलकुदको निरन्तरताका लागि धनगढी कप आयोजना गरिएको शाहीको भनाइ छ । विद्यालय स्तरबाट खेलाडी उत्पादनमा टेवा पुगोस् भनेर प्रतियोगिता सञ्चालन गरिएको उनले बताए । 

1


प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र उपविजेता हुने टिमले साढे १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्लेयर अफ द टुर्नामेन्टले दुई हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडीले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । 

1

प्रतियोगिता टी–ट्वान्टी फरम्याटमा सञ्चालन भइरहेको छ । उद्धघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । प्रतियोगितालाई ओयसिस कलेज अफ होटेल म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ । 

12


 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा