नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डाइमण्ड’ पक्राउ

एक
एक
December 07, 2:22

डडेल्धुरा / नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डाइमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको छ ।गत मंसिर १० गतेका दिन नेकपा –माओवादी केन्द्र बाट निर्वाचित महिला वडा सदस्य राजमति ऐरलाई दुब्र्यवहार गरेको अभियोगमा प्रहरीले मंगलबार अध्यक्ष माललाई पक्राउ गरेको हो ।

डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।परशुराम नगरपालिका वडा नम्बर ३ मा नेकपा ९माओवादी केन्द्र० बाट निर्वाचित वडा सदस्य र ऐरले आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाईमण्डले दुब्र्यबहार गरेको भन्दै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएकी हुन । 

नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष ‘डायमण्ड’ लाई वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएकाले उनले दुर्ब्यबहार गरेको वडा सदस्य ऐरले बताईन । ‘म त दाँतको उपचार र सम्मान कार्यक्रम कस्तो हुँदो रहेछ भनेर त्यहाँ हेर्न मात्रै जान लागेकी थिए’ राजमतीले भनिन्, ‘तर कसैले डायमण्डजीलाई गलत सूचना दिएछ । त्यो थाहा पाएपछि रंगुन खोलानिर म सवार मोटरसाइकल रोकेर उनले मलाई हातपात गरे ।’

राजमातीका अनुसार डायमण्डले उनीलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए । 
माओवादीको क्रियाशील सदस्य समेत रहेकी राजमतीमाथि दुब्र्यबहार नगरेको नगर अध्यक्ष डाईमण्डले जिकिर गर्दै आएका छन । उनले सो दिन ऐरसँग आफ्नो भेटघाटसमेत नभएको जिकिर गर्दै आएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा