डोटीको के आइ सिंह गाउँपालिका साक्षर घोषणा

KI Singh Gaunpalika
KI Singh Gaunpalika
June 14, 2:35

डोटी, ३१ जेठ -
डोटीको के आइ सिंह गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । “हाम्रो गौरव, हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान” भन्ने नाराका साथ शुक्रवार एक भव्य कार्यक्रमका बिच गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । 
गाउपालीकामा रहेका १५ वर्ष देखी ६० वर्ष उमेर समूहका ९५.८ प्रतिशत नागरिक साक्षर भएकाले गाउपालीकालाइ साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिनु भयो । 
गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा दुर्गामाण्डौको वायलमा आयोजना गरिएको भव्य कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐर रहनु भएको थियो । त्यस्तै कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझी, नेपाली काङग्रेस डोटीका सभापति प्रदीप कुमार देउवा, वडा अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, गाउँ कार्यपालीकाका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रममा साक्षरता गाउँपालिका घोषणाका बारे शिक्षा इकाइ प्रमुख शेर बहादुर बोगटीले जानकारी गराउनु भएको थियो, भने गाउपालीकाका प्रमुख प्रसाशसकिय अधिकृत सिद्ध राज शर्माले कार्यक्रमका अतिथि लाई स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो । साक्षरता गाउँपालिका घोषणा कार्यक्रममा स्थानीय झाकी, विभिन्न विद्यालयका चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमकहरु पनि प्रस्तुत गरिएका थिए । यसै बिच के आइ सिंह गाउँपालिका डोटीको आयोजना र सामुदायिक सेवा केन्द्र तथा समुदाय प्रहरी साझेदारी केन्द्र डोटीको संयोजकत्वमा लैङगीक हिंसा, घरेलु हिंसा, लागु औषध, छाउपडी, बालविवाह, बहुविवाह, र ट्राफिक विषयक कार्यक्रम पनि सम्पन्न भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा