ट्रकले किचेर आमाछोरीको मृत्यु

accident
accident
June 16, 7:23

असार १ -

रौतहट - जिल्लाको गरुडा नगरपालीका ५ स्थित दुधियाभार नजिक ट्रकले किचेर शनिबार साँझ महिला र एक बालिकाको मृत्यु भएको छ । मृतकहरु आमाछोरी हुन् । घटनापछि स्थानीयले ट्रकमा आगजनीको प्रयास गरेका थिए । तत्काल सुरक्षाकर्मी पुगेकाले ट्रक जल्न पाएन । 

इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय सुगन्धिदेवी साह र उनका छोरी ३ वर्षीया अम्रिकाकुमारी साहको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरीले जानकारी दिएको छ ।

सुगन्धि गर्भवति थिइन् । उनका श्रीमान् दिलीप साहले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलमा श्रीमती छोरा र छोरी सवार थिए । दिलीप र छोरा सामान्य घाइते छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । चालक फरार छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा