डोटीमा पढाई मेला सम्पन्न

news
news
December 21, 10:02

बिक्रम खड्का - डोटी, ६ पुष / डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ लडागडा को सुनादेवि माध्यमिक विद्यालय को प्राङ्गणमा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा पढाई मेला सम्पन्न भएको छ।

राम्रो पढाई,राम्रो सिकाइ परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिकाको समन्वय,गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास केन्द्र ( CDC )डोटि को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै नगर उप प्रमुख शिवराज खड्काले विध्यालय स्तर उन्नतिका लागि नगरपालिका निरन्तर सक्रियता देखाउने प्रतिवद्धता प्रकट गरे ।

हामिले सोचेको शिक्षा ,वालवालिकाको गन्तव्यको लक्ष्य, बालबालिका भविष्यका कणर्धार हुन उहाँहरुका इच्छा अनुसार शिक्षा प्रदान गर्नु अभिभावकको दाइत्व भयकोले शिक्षा प्रदान गर्न पछि नपर्नु होला हामि ताइहरुकै माझमा यसरि निरन्तर छौ कार्यक्रम का विशिष्ट अतिथि समेत रहेका गुड नेवर्स इन्टरनेट नेपाल डोटि जिल्ला संयोजक रन्जित चौधरीले बताए ।

विधार्थीको आन्तरिक मुल्यांकन र पढाईमा अझै सर्वाङ्गीण विकाशमा सहयोग पुगौस,उनिहरुले आफ्नो सो९मुल्यांकन गरि पढाईमा सुधारको अपेक्षा राख्नु भन्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको सामुदायिक विकास केन्द्र डोटि अन्तरगत सामुदायिक विकास परियोजना का शिक्षा बिकास अधिकृत एकराज वडुले बताए ।

राम्रो पढाई,राम्रो सिकाइ परियोजना अन्तर्गत अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा पढाई मेलामा परियोजना लागुभएका दिपायल सिलगढी नगरपालिकाको ७ नम्वर र ८ नम्वर वडाका आधारभुत बिध्यालय वडानम्वर ७ का केदारेश्वर,दुर्गा,अरुणदय आधारभुत विध्यालय र वडानम्वर ८ का सुनादेवि, सरस्वती,तेडिस्थान,तेडि,मस्टेस्वर,चौउडलेस्वर आधारभुत विध्यालय को सहभागीतामा अन्तर विध्यालय हाजिरी जवाफ,चम्चादौड,नाच, शिक्षा सम्बन्धी एकल गित र अभिभावक विच घैंटोफोड, घुमने कुर्सी लगायतका खेलविच प्रतिस्पर्धा गराइ पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष पदम साउदको अध्यक्षतामा दिपायल सिलगढी नगरपालिकाका नगर उप९प्रमुख शिवराज खड्काको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि वडा अध्यक्ष रामवहादुर खड्का, नगरपालिका शिक्षा प्रमुख चक्र कुन्जेडा ,विधालयका प्र।अ नवराज पाठक लगायत समाजसेवी,अभिभावक,विध्यार्थी,शिक्षक लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा