सामाजिक विकास मन्त्रीको निर्देशनमा हेलिकप्टर चार्टर गरी सुत्केरीको उद्धार

हेलिकप्टर चार्टर गरी सुत्केरीको उद्धार
हेलिकप्टर चार्टर गरी सुत्केरीको उद्धार
June 20, 6:08

धनगढी, असार ५ - सुदूरपश्चिम प्रदेश सरकारले हेलिकप्टर चार्टर गरी एक सुत्केरीको उद्धार गरेको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा बाजुराको स्वामी कार्तिक गाउँपालिका १ मुक्तिकोटकी रजनी विकको उद्धार गरिएको हो । 
सुत्केरी व्यथा लागेर असार ३ गते अस्पताल भर्ना भएकी रजनीलाई अवस्था जटिल बन्दै गएको र व्यथा बढ्दै गएपछि डाक्टरले कोहलपुरका लागि रिफर गरिदिएका थिए । 
अवस्था गम्भीर भएपछि स्थल मार्गबाट कोहलपुर पु¥याउन नसकिने भन्दै हवाई चार्टरबाट उद्धार गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले बताए । 
सुदूरपपिश्चम प्रदेश सरकारले हालसम्म हेलिकप्टर चार्टर गरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट ६ जना सुत्केरीको उद्धार गरिसकेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा