ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुनःस्थापना

news
news
January 05, 3:25

दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।

तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।

संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउनुपर्ने माग गर्दै आएका र स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको वडा अध्यक्ष श्रेष्ठले बताए।

बुधवार दैलेख ल्याइएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ। तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्म राखिने भएको छ।

सुन्दरी तोपको धार्मिक महत्त्व समेत रहेको जानकारहरू बताउँछन्। विजया दशमीमा टीकाको साइतमा तोप पड्काएर जनाइने र सोहीअनुसार दशैंको टिका लगाउन सुरू गरिने बताइन्छ।

सुन्दरी तोप पुनः ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने देखिएको छ। मानिमाथि आगो बल्ने ज्वाला क्षेत्र, सिञ्जा राज्यको सितकालीन राज्य, पुरातात्विक महत्त्वको गडी, दर्जनौँ देवललगायतका पुराना ऐतिहासिक सम्पदा दैलेखमा रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

आजको राशिफल !
मेष  काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ।… विस्तृतमा
मिन्डाना ओनागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा…
 मिन्डाना ओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौता को८औँ वार्षिकोत्सव मनाउन जनवरी २४… विस्तृतमा
आज देखि स्वस्थानी ब्रत सुरू,कसरी बस्ने ब्रत
धनगढी,३ माघ / श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल… विस्तृतमा
गोदावरी धाममा अर्ध कुम्भ मेला स्थगित
धनगढी,२६ पुष /  कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ ।… विस्तृतमा