३० रुपियाँमै विशेषज्ञ सेवा दिने अस्पताल 

11
11
June 22, 7:48

धनगढी, असार ७ – 
अत्तरियामा रहेको सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ३० रुपियाँमै विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । विपन्न तथा दूर दराजका जनतालाई सस्तो र सहज रूपमा सेवा दिने उद्देश्यले सुदूरुपश्चिमाञ्चल सामुदायिक अस्पताल खोलिएको सञ्चालकले जानकारी दिएका छन् । 
सरकारी र सामुदायिक लगानी भएको सुदूर पश्चिमाञ्चल अस्पताल विगत २०७१ सालबाट अत्तरियामा सञ्चालित छ । विपन्न समुदायका नागरिकले सामान्य स्वास्थ्य जाँचका लागी पनि ५ सय रुपियाँ शुल्क तिरेर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले खोलिएको सामुदायिक अस्पतालमा बिरामीहरूको चाप देखिँदैन । अस्पतालको प्रचार प्रसार नहुँदा बिरामी सो अस्पतालसम्म नपुगेको अस्पतालका सञ्चालक आनन्द भट्टले बताए । उनले गरिब, असहाय, अशक्त व्यक्तिहरूलाई सस्तो र सहज उपचार सेवा यस अस्पतालले दिइरहेको जानकारी दिए । नाफा आर्जन गर्ने उद्देश्य नभई जनताको सेवाका लागी अस्पताल सञ्चालनमा ल्याएकाले सरकारी सरह सुविधा दिइरहेको सञ्चालक भट्टले बताए । चेकजाँका लागी ५ सय रुपियाँ टिकट काट्नुपर्ने ठाउँमा सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ३० रुपियाँमै चेक जाँच गर्न मिल्ने बताए । सामुदायिक अस्पतालले २४ सै घण्टा सेवा दिइरहेको उनले बताए । 
अस्पतालले विभिन्न समयमा निःशुल्क शिविर समेत चलाउने गरेको छ । सुदूरुपश्चिमाञ्चल सामुदायिक अस्पतालले आकस्मिक सेवा, आइसियु, मेजर, माइनर ओटी वार्ड, प्याथोलोजी, एक्सरे, इन्डोस्कोपी, भिडियो एक्सरे, इसीजी, फिजियोथेरापी, जनरल हेल्थ प्याकेज, औषधी पसल, एम्बुलेन्स सेवा लगायतका सुविधा दिइरहेको अस्पतालका डक्टर बिसम्बर राज जोशीले बताए । डक्टर जोशीले ७० वर्षमाथिका बिरामीका लागी निःशुल्क उपचारको व्यवस्था रहेको बताए । 
अस्पताल हाल अत्तरियाको पूर्वी रोड दिवस फिल्म हल नजिक रहेको छ । विगतमा अस्पताल व्यवस्थित नहुँदा बिरामी कम पुगेपनि हाल व्यवस्थापन पक्ष बलियो बनाइरहेकाले बिरामीको गन्तव्य सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पताल हुने सञ्चालकको विश्वास छ । 


 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा