डोटी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा पुनः सिँह चयन 

1
1
June 23, 4:04

डोटी, असार ८

डोटी जिल्ला क्रिकेट सङ्घको तेस्रो साधारणसभा आईतवार सम्पन्न भएको छ । डोटीको सदमुकाम सिलगढीमा सम्पन्न साधारणसभाले पुनः दिनेश सिँहको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजु घले, सचिवमा पुर्ण शाहु र कोषाध्यक्षमा सर्मिला राई माझि चयन भएका छन् । यस्तै सदस्यमा ज्ञानेन्द्र केसि, डिल ऐर, रमेश चन्द रहेका छन् । त्यस्तै क्लव प्रतिनिधिवाट सदस्यहरुमा पुस्कर द्धारीया, सुरज श्रेष्ठ, योगेश जोशि र श्याम नेगि रहेका छन् ।

यस्तै केन्द्रीय प्रतिनिधिमा दिने सिँह चयन भएका छन् । प्रदेश प्रतिनिधिमा राजु घले, पुर्ण शाहु , पुष्कर द्धारीया र दिनेश सिँह सर्वसम्मत रूपमा चयन भएका छन् । डोटी क्रिकेट सङ्घका अध्यक्ष दिनेश सिँहको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष देवकि वोहर प्रमुख अथिति र नेपाल वार एसोसियसनका पुर्व केन्द्रीय उपाध्यक्ष रण वहादुर सिह विशिष्ट अतिथि रहनु भएको थियो ।

क्रिकेट संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद पोखरेल र शिशिरलाल अमात्यको परिवेक्षणमा अधिबेशन सम्पन्न भएको नव निर्वातिच अध्यक्ष सिंहले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा