
डोटीको बडिकेदारमा असिना पानीले हिउँदेबाली नष्ट

January 12, 1:46
डोटी,२८ पुष / डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ। सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन्।
बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए। उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पु¥याएको छ। यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन्। सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ। रासस
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
April 22, 6:06
हरिलाल जोशीडोटी ९ बैशाख / मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्था कैलालीले डोटीको… विस्तृतमा
February 12, 5:48
एकेन्द्र चन्द
डोटी २९ माघ / डोटीको बडिकेदार गाउँपालिकाका किसानले उत्पादन गरेको लाखौंको अदुवा… विस्तृतमा