सुदूरपश्चिम सरकार भ्रष्टाचार र कमिसनमा लिप्त रहेको : प्रदेश सभापति बलायरको आरोप

ss
ss
January 14, 10:54

कंचनपुर,३० पुष / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकार भ्रष्टाचार, आर्थिक अनियमिता र कमिसनमा लिप्त रहेको आरोप लगाएको छ । कांग्रेस प्रदेश समितिको धनगढीमा बसेको बैठकले प्रदेश सरकारलाई यस्ता गलत क्रियाकलाप अविलम्ब रोक्न सचेतसमेत गराएको छ ।

बैठकको निर्णयमा भनिएको छ– सुदूरपश्चिम प्रदेश सरकारको हालसम्मका कामकारबाहीको समीक्षा गर्दा प्रदेश सरकार सङ्घीयताको मर्म र भावनाविपरीत, संविधानविपरीत र कानुन तथा न्यायविपरीतका गतिविधिमा प्रत्यक्ष संलग्न रहेको यो बैठक ठहर गर्दछ ।

कांग्रेस प्रदेश समितिले प्रदेश सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि गम्भीर हुनुको साटो आफ्ना पार्टीका कार्यकर्ताको लालनपालनमा व्यस्त रहँदै भ्रष्टाचार, अनियमिता र कमिसनखोरीमा लिप्त भएको आरोप लगाएको छ । निर्णयमा भनिएको छ–प्रदेश सरकारलाई यस्ता गलत क्रियाकलाप अविलम्ब रोक्न सचेत गराउँदै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश यस्ता जनविरोधी कार्यको घोर निन्दा र भत्र्सना गर्दछ ।

प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको बैठकमा विभिन्न १३ प्रस्तावमा छलफल गरी निर्णय गरेको छ ।
बैठकपछि सहमहामन्त्री अम्बिका चलाउनेद्वारा प्रेषित जानकारीपत्रमा बैठकमा प्रदेशका प्रमुख विकास निर्माण आयोजनादेखि बाढी तथा पहिरो पीडितका समस्या, सुकुमबासी, कोभिड–१९ को रोकथाम, पार्टी सङ्गठनसहितका विषयमा निर्णय गरिएको जनाइएको छ ।

कांग्रेस प्रदेश समितिले बैठकमार्फत् सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक तथा भौतिक विकासका आधारका रूपमा रहेका केही प्रमुख र ठूला विकास आयोजनाको निर्माण कार्य अघि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकको निर्णयमा भनिएको छ– पश्चिम सेती जलविद्युत आयोजना, बझाङ्गको चैनपुर–ताक्लाकोट सडक, बैतडीको झुलाघाट पुल, सेती लोकमार्ग, अछामको बुढीगङ्गा जलविद्युत् आयोजना, कर्णाली करिडोर ९चिसापानी–जङ्गलघाट, रहफ, बेलखेत, दुम्ला०, धनगढी–खुटिया–दिपायल हुँदै उरै भञ्ज्याङ्ग जोड्ने दु्रत मार्ग र धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला क्रिकेट खेल मैदान निर्माणको कार्यप्रगतिमा निकै ढिलासुस्ती भइरहेकाले यी आयोजना तथा परियोजनाको निर्माण कार्य यथाशीघ्र पूूरा गर्न नेपाल सरकारसँग पत्राचारमार्फत् माग गर्ने सर्वसम्मतिबाट निर्णय गर्दछौं ।

कांग्रेस प्रदेश समितिले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को दिनहुँ सङ्क्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकोले त्यसको नियन्त्रण गर्न पूर्वतयारी र रोकथाम तथा उपचारका साथै अनिवार्य खोपको व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेस प्रदेश समितिले गत वर्षायाममा प्रदेशका सबै नौ जिल्लाका विभिन्न स्थानमा आएको बाढी–पहिरोबाट जनधनको ठूलो क्षति भएको जनाएको छ । प्रभावित क्षेत्रमा सङ्घीय तथा प्रदेश सरकारबाट उच्चस्तरीय टोलीले स्थलगत अनुगमन–निरीक्षण गरी पीडितलाई अविलम्ब राहत र पुनस्र्थापना गर्ने आश्वासनसमेत दिइएको छ । तर पनि हालसम्म पीडितका लागि कुनै प्रकारको राहत र पुनस्र्थापना कार्य सञ्चालन नभएकामा सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।

कांग्रेस प्रदेश समितिले प्रदेशका भूमिहीन तथा सुकुमबासी परिवारलाई तत्काल जग्गा वितरण गर्न पनि सरकारसँग माग गरेको छ ।बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन पार्टीका तर्फबाट भूमिका निर्वाह गर्ने तथा प्रदेश अधिवेशनका क्रममा प्रदेशभरका वडा, पालिका, प्रदेश सभा र सङ्घीय निर्वाचन क्षेत्र तथा जिल्ला कार्य समितिमा रिक्त पद तत्काल पूर्ति गर्न केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश समितिले प्रदेश कार्यसमितिका पदाधिकारीले मासिक पाँच सय र सदस्यले तीन सय रुपैयाँका दरले मासिक लेबी प्रदेश कार्य समितिको कोषमा जम्मा गर्ने निर्णय गरेको छ । पार्टीका गतिविधि व्यवस्थित बनाउँदै सङ्गठन निर्माणलाई थप सबल र सशक्त बनाउन नौवटै जिल्ला कार्य समितिले माघ मसान्तभित्र कार्यक्रमको वार्षिक कार्ययोजना तयार गरी प्रदेश कार्य समितिमा पेस गर्न निर्देशन दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा