Aagan-cakes-web-banner-2

धनगढीमा कुटपिट बाट एक पुरुषको मृत्यु

news
January 14, 2:54

धनगढी,३० पुष  / कुटपिटबाट गम्भीर घाइते भएका अजयमेरु गाउँपालिका ६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । 

लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीले भागेश्वर गाउँपालिका ६ राडिलमा बुधबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिव्यपुरबाट खटिएको प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

सुदुरपशिचमका ५ जना सहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिन…
काठमाडौं  १० माघ  / नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र… विस्तृतमा
बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु
धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर… विस्तृतमा
पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन
काठमाडौं ९ माघ / निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन… विस्तृतमा
कैलालीमा आफ्नै श्रीमतीको हत्या
धनगढी,१० माघ । कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा… विस्तृतमा