सिंहले कैलालीको ट्राफिक कमान्ड सम्हाले यता ५० प्रतिशत घट्यो सवारी दुर्घटना 

Okil Singh
Okil Singh
January 17, 9:39

कैलाली - भूगोल र जनसङ्ख्याका हिसाबले कैलालीमा शान्ति सुरक्षा कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न निकै चुनौतीपूर्ण छ । जनसङ्ख्या पनि तराई केन्द्रित हुँदा ९ जिल्ला मध्य प्रदेशको आधा जनघनत्वको हिस्सा कैलाली–कञ्चनपुरमा छ । त्यसमा पनि प्रदेशको राजधानी भएको हिसाबले कञ्चनपुर भन्दा कैलालीमा जनसङ्ख्याको अझ बढी चाप छ । तर आम नागरिकको रोजाइ बनिरहेको कैलालीमा पछिल्लो समय शान्ति सुरक्षाको विषय भने प्रहरीका लागि चुनौती बनिरहेको छ । साथै सडक दुर्घटना पनि अर्को चुनौतीको विषय बनेको छ । 

यदि समन्वयात्मक ढङ्गबाट समुदायलाई नै अग्रसर गराउने हो भने सडक दुर्घटनालाई अधिक मात्रमा न्यूनीकरण गर्न सकिन्छ । त्यसको उदाहरण बनेका छन्, दुई महिना अघि मात्रै कैलालीको  ट्राफिक कमान्ड सम्हालेका वकिल बहादुर सिंह । बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि उनले दुई महिना यता अघि सारेका रचनात्मक कामले केही सकारात्मक नतिजा आउन थालेको छ । उनी भन्छन्, ‘दुर्घटनाका प्रमुख कारण भनेका मानवीय त्रुटि, यान्त्रिक गडबडी, वातावरणीय असर–प्रभाव र पछिल्लो समय छाडा पशु चौपाया बनेका छन् । तर यी सबै कुराहरूमा हामी सबै सजग बन्ने हो भने दुर्घटना उल्लेख्य मात्रामा कम गर्न सकिन्छ ।’ त्यसैका लागि उनले जिल्लाका विभिन्न क्षेत्रमा दुर्घटना समन्वय समिति बनाएर युवाहरूलाई नै सक्रिय बनाउने अभियान थालेका छन् । 

दुर्घटना समन्वय समिति

सडक दुर्घटनाले अकालमै ज्यान गुमाउनेको चिन्ताजनक उकालो तथ्याङ्कलाई घटाउनका लागि उनले सुरुवातमै जिल्लाका विभिन्न क्षेत्रमा सवारी दुर्घटना समन्वय समिति गठन गरेका छन् । उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुखको रूपमा मङ्सिर ८ गते कार्यालयमा हाजिर भएका थिए । ‘हामीले हालसम्म अस्थायी ट्राफिक प्रहरी पोस्ट चिसापानी, मसुरीया, चौमाला, त्रिनगर, टीकापुर, सुक्खड, बौनिया, सत्ती, खानिँडाडा, गेटा, फल्टुडेँ र ट्राफिक प्रहरी कार्यालय लम्की गरी १२ वटा सवारी दुर्घटना समन्वय समिति गठन गरिसकेका छौँ,’ उनले भने, ‘सडक दुर्घटना सवारी चालक अत्यन्त सजग बनेपछि उल्लेख्य मात्रामा कम गर्न सकिन्छ । त्यसपछि पैदल यात्रु र स्थानीय बासिन्दा सजग बन्नुप¥यो । त्यसैले ती सबैमा जागरण ल्याउने उद्देश्यका साथ हामीले यो अवधारण अघि सारेका हौँ ।’ यी समन्वय समितिमा जनप्रतिनिधि, समाजसेवी र स्थानीय युवा गरी साढे २ सय भन्दा बढीको सहभागिता रहेको छ । 

उनको कार्यकाल यता जिल्लामा सवारी दुर्घटना ५० प्रतिशतले घटेका छन् । उनी आउनु अघि असोजमा ३३ दुर्घटना, कार्तिकमा ३३ र मङ्सिरमा ३२ सडक दुर्घटना भएका थिए । मङ्सिरमा ३२ सवारी दुर्घटनामा ७१ घाइते र १० जनाको मृत्यु भएको थियो । उक्त चिन्ताजनक तथ्याङ्कको न्यूनीकरणका लागि पहल गरिँदा पुसमा सडक दुर्घटना ५० प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । पुसमा जिल्लाभर १६ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु र ३७ जना घाइते भएका छन् । यो सङ्ख्यालाई पनि थप कसरी घटाउन सकिन्छ भनेर पहल भइरहेको सिंहले बताए । 

यसका साथै कैलालीमा अस्तव्यस्त बनिरहेको विद्युतीय रिक्साको व्यवस्थापन, धनगढीको ६ लेन सडकमा गरिएको अव्यवस्थित पार्किङ, बजार क्षेत्रको अस्तव्यस्त पार्किङ, ध्वनि प्रदूषण न्यूनीकरणका लागि स्वरूप परिवर्तन गरिएका मोटरसाइकल कारबाही जस्ता उदाहरण काम उनले दुई महिनामै गरिसकेका छन् ।    

motercycle

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा