कञ्चनपुरका नाका बाट भारत आवातजावत गर्न रोक

news
news
January 24, 12:58

कञ्चनपुर१० माघ /कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत साइकलमार्फत हुने क्यारिङ समेत नगर्ने/नगराउने निर्णय गरेको छ।

अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड मोबाइलमा फोटोसमेत भए हुने अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ। विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ।

सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घलगायतका सरोकारवाला सबै सङ्घसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र सङ्घसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा