पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन

news
news
January 24, 1:27

काठमाडौं ९ माघ / निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन गरेको छ । सप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान निधन भएको थियो ।

बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको र समयमा उपचार नपाउँदा मृत्यु भएको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको इमरजेन्सी विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ । सदस्यमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर इज्चार्जभेषबहादुर बस्नेत छन् ।

यसअघि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा