बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु

news
news
January 24, 1:45

धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु भएको छ । 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको शिल्यान्यास गरेका छन् । प्रहरी चौकीको भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकाले १० लाख बजेट छुट्याएको नगर प्रमुख नृपबहादुर वडले बताए । ‘१० लाख उपमहानगरपालिकाले छुट्याएको छ’ नगर प्रमुख वडले भने, ‘बाँकी रकम जनश्रमदान गरेर १६ लाख रुपैयाँमा प्रहरी चौकीको भवन निर्माण हुन्छ ।’

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले चौकीका लागि १० कठ्ठा जमिन उपलब्ध गराएको अध्यक्ष पदमराज जोशीले बताए । अध्यक्ष जोशीले भने, ‘भवनका लागि काठ मन्दिरले व्यवस्थापन गर्छ बाँकी जनश्रमदान पनि हुन्छ ।’ उनले बढीमा तीन महिनामा निर्माण सम्पन्न हुने बताए ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा