महिलाहरूका लागि उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

1
1
June 27, 2:35


डोटी, असार १२ -

क्रियाशील महिला पत्रकार शाखा डोटीको आयोजनामा के.आई.सिंह गाउँपालिकाको दुगौमाण्डौँमा महिलाहरूका लागि उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ ।

केआई सिंह गाउँपालिकाको सहयोगमा गरिएको तालिममा प्रत्येक वडाबाट तीन/तीन जना गरी २५ जना महिलाहरूको सहभागिता रहेको क्रियाशील महिला पत्रकार डोटी शाखाकी सचिव सरिता कठायतले जानकारी दिइन् । महिलाहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको क्रियाशील महिला पत्रकार डोटी शाखाका अध्यक्ष सुनिता रावलले बताइन् ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने अध्यक्ष रावल बताइन् । महिलाहरूका लागि उद्घोषण तथा आधारभूत एक दिने पत्रकारिता तालिमको उद्घाटन केआई सिंह गाउँपालिकाका उपाध्यक्ष मिना विष्टले गर्नु भएको थियो भने कार्यक्रमको समापन केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले गरेका थिए । तालिमका प्रशिक्षक पत्रकार मोहन शाही लगायतका रहेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा