धनगढीको मोती चौकमा चौलानीमा 'मिनी मार्ट'

ss
ss
February 05, 3:52

धनगढी / चौलानी ग्रुप अफ कम्पनीज प्रा.लि. ले धनगढीमा थप एक 'मिनी मार्ट' सञ्चालनमा ल्याएको छ । धनगढीको मोती चौकमा तेस्रो 'मिनी मार्ट' आज देखि सञ्चानलनमा ल्याइएको छ । सो 'मिनी मार्ट' को शनिबार धनगढीको वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले चौलानी मिनी मार्टको उद्घाटन गरेका हुन् ।

करीव ६० लाखको लगानीमा 'मिनी मार्ट' सञ्चालनमा ल्याइएको चौलानी ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक मान सिंह साँउदले जानकारी दिए । मोती चौक, क्याम्पस रोड, मनेहरा, देवहरिया, घुईयाघाट, धनगढी गाउँ क्षेत्रका ग्राहकहरुलाई सेवा दिने उद्धेश्यसहित मोती चौकमा 'मिनी मार्ट' सञ्चालनमा ल्याएको उनले बताए ।

news

पाँच वर्षअघि धनगढीको बालमन्दिर अगाडि सुदूरपश्चिमकै पहिलो डिपार्टमेण्टल स्टोर सञ्चालनमा ल्याएको चौलानी ग्रुप अफ कम्पनीजले चौराहापछि मोती चौकमा पनि मिनी मार्ट सञ्चालन ल्याएको हो ।चौलानीले कैलालीको चौमाला, मसुरीया, पलहवानपुर र सुख्खडमा समेत निकट भविष्यमा मिनी मार्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हाल चौलानी ग्रुप अफ कम्पनीज प्रा.लि.अन्तर्गत डिपार्टमेण्टल स्टोर, चौलानी पुस्तक पसल, निको रेष्टुरेण्ट, फिटनेस सेन्टर, स्वीमिङ पुल, निको कफी हाउस र आईसक्रिम पार्लर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा