एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

1
1
June 27, 4:18

काठमाडौं, १२ असार – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

गत वर्ष चैत १० गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा बोर्डको बैठकपछि बिहीवार प्रकाशित गरिएको हो ।

एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।

एसएमएससँगै वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np/ , शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np/ बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा