के पत्रकारको तलब हुँदैन र ...?

लेखक : मोहन पनेरु
लेखक : मोहन पनेरु
February 07, 10:28
news
मोहन पनेरु 
लेखक :  खप्तड अनलाईनका सह सम्पादक हुन ।

मेरो कार्यालय जाने समय भएको थियो । तै पनि म आफ्नो व्यक्तिगत कामले गर्दा चौराहा गएको थिए । आफ्नो काम सकेर कार्यालय जाने भनेर अटोमा बस्दै थिए । खै कोहो पत्रकारका कुरा गर्दै थिए, मैले चिनेको थिएन । उनको भाषा सुन्दा डडेल्धुराको भाषा जस्तो लाग्यो । उहाँ पत्रकारका तलबका बारेमा एक अर्कासँग कुरा गर्दै थिए, म पनि उहाँका कुरा एक सोचले सुन्दै थिए ।

१ हजार नभएर १ जना पत्रकारको मृत्यु भयो, यो कुराले सारै नराम्रो लाग्यो । यदि पत्रकारको कमाई छैन भने किन पत्रकार बनेका होलान ? तर यस्तो अवस्था हुने भनेको केही पत्रकारको मात्रै हुन्छ बढी जस्ता पत्रकार चिल्ला गाडी घोडामा हिड्छन कोही पत्रकार भने पैसा अभावले मृत्युको शिकार हुन्छन । यही सन्दर्भमा कुरा हुन्छ, लाल बहादुर बिश्वकर्मा (एलबी) को जो सुदुरपश्चिम प्रदेशको विकट जिल्ला अछामबाट उदयमान पत्रकार थिए। अहिले उनी काठमाण्डौंबाट प्रशारण हुने टि भि टुडेमा काम गर्दै आएका थिए । उनि प्राय गरी अरुको हितमा काम गर्ने गर्थे । अरुलाई अप्ठ्यारो पर्दा आफु अरुको भलाईका लागी निकै सहयोगी थिए रे । तर एक दिन उनलाई अप्ठ्यारो पर्दा, भने कोही सहयोगी भेटिएन अथवा कसैलाई थाह भएन त्यो त थाह भएन । उनि अटोमा बसी रहँदा यस्ता धेरै कुरा हुँदै थियो । कार्यालय आईपुगे ।

आफ्नो कार्यकक्ष तिर लाग्दै गर्दा मेरो मनमा आर्थिकका धेरै कुराहरु खेल्दै थिए । पत्रकारको सम्बन्ध त राम्रो हुन्छ तर पैसा भने हुँदैन भने पनि कसरी भन्नु । हुन्न त मान्छेका हातमा सिप छ भने जति पनि काम पाईन्छ भन्छन र समाचार लिख्ने सिपले भने कहिले राम्रो पैसा पाएन । तर केन्द्रका कुनै मिडीया वाला पैसा त दिन्छन तर काम अनुसारको पारीश्रम दिदैन्न । हुन त पत्रकारको हकहितका लागि सरकारी र गैरसरकारी सँस्थाहरु नभएका भने होईन । उनको यो पिडा र अन्त्यमा कोही सहयोगी भएनन । लाल बहादुर बिश्वकर्माले भोग्नु परेको नियति अरुले भोग्नु नपरोस ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा