सुजङ स्कुल : एसईईमा उत्कृष्ट नतिजा, १४ जनाको ए प्लस 

Soni Majhai Soo jung
Soni Majhai Soo jung
June 28, 8:15

डोटी, असार १३  - डोटीको राजपुरमा रहेको सुजङ ईङलीस बोर्डिङ स्कुलले यस वर्षको एसईईमा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । सुजङका १४ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन् । त्यस्तै २७ जनाले ए र ५ जनाले बी प्लस प्राप्त गरेका छन् । 
सुजङबाटै एसईई दिएकी एक छात्रा १५ वर्षीया सोनी माझीले ३ दशमलव ९ जिपीए ल्याएकी छिन् । सोनीको यो नतिजाले विद्यालय र उनको परिवारमा खुसी छाएको छ । सोनीका बुबा गोपाल माझीले छोरीको नतिजाले खुसी तुल्याएको बताए । उनले अब आफ्नी छोरीलाई उच्च शिक्षा अध्ययनका लागि सक्दो सहयोग गरेर राम्रो सङ्कायमा भर्ना गराउने पनि बताए । 

1


सोनीले विद्यालय र परिवारको सहयोगले आफूले उक्त नतिजा हासिल गरेको बताइन् । अझै सफलताका साथ उच्च शिक्षा अध्ययन गरेर देशकै सेवाका लागि काम गर्ने आफ्नो धोको रहेको उनको भनाइ छ । 
एसईईमा देशकै दोस्रो कमजोर नतिजा प्राप्त गरेको सुदूरपश्चिमबाट सोनीले ल्याएको नतिजाले विद्यालयको मात्रै नभएर सुदूरपश्चिमकै शिर ठाडो पारेको सुजङ स्कुल परिवारले जनाएको छ । 

1

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा