कञ्चनपुरमा नेकपाका स्थानीय नेतामाथि कुटपिट

1
1
June 30, 1:05

कञ्चनपुरमा नेकपाका स्थानीय नेतामाथि कुटपिट भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामीमाथि कुटपिट भएको हो ।

नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरु माथी घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट गरेको नेकपाले जनाएको छ ।

नेकपाका युवा नेता अर्जुन साउँदले पूर्व प्रधान पञ्च समेत रहेका कांग्रेसका स्थानीय नेता विष्टको समूहले हिजो राती जोशीको घरमा प्रवेश गरी उनकी श्रीमती राजमतीलाई समेत कुटपिट गरेको बताए भने स्थानीय नन्द माध्यमिक विद्यालय नजिकै रहेको चोकमा बसेका अवस्थामा लक्ष्मणी कार्की र दिलिप धामीमाथि कुटपिट गरिएको जानकारी दिए ।

घाईते भएकाहरुलाई उपचारका लागि गएराती नै महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएकोमा उनीहरुलाई अन्यत्र रेफर गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा