संखुवासभामा प्रहरी र चन्द समूहबीच गोली हानाहान

11
11
July 01, 1:40

संखुवासभा — सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।

प्रहरी र चन्द समूहका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै क्षति भने नभएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् ।

प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल गस्ती त्यहाँ पुगेको थियो,’ प्रजिअ दुलाले भने, एक सुरक्षाकर्मी देख्नासाथ उनीहरुले फायरिङ गरे, त्यसपछि, प्रहरीले गोली चलायो ।’

हातहतियारसहित चन्द समूहका कार्यकर्ता आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार, त्यसतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी भइरहेको छ । घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट कम्तीमा १० घण्टा बढी पैदल हिड्नु पर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाटै ५ घण्टा बढी लाग्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा