बडिकेदारमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ दिने अन्तरक्रिया कार्यक्रम
१ दिने अन्तरक्रिया कार्यक्रम
March 29, 3:19

 चमेलि साउद , डोटी १५ चैत्र / डोटीको बडिकेदार गाउँपालिकामा १ दिने औद्योगिक गुरुयोजना तथा उधोग स्थापनाका लागि सम्भाब्यता अध्ययन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरकृया कार्यक्रममा डोटी जिल्लामा औद्योगिक गुरुयोजना तयारीका लागि छलफल तथा अन्तरकृया गर्दै स्थानीय स्थरमा उपलब्ध श्रोत साधन सम्बन्धि पनि  अन्तरकृया गरिएको थियो ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उधोग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले हामीहरुले डोटीमा केहि उत्पादन नगरेको र उत्पादन गरेको बस्तुहरु पनि किसानले कौडिका भरमा बेच्नु पर्ने र कोहि अथिति पाउना डोटी आएमा उनिहरुलाइ खप्तड को फोटो मात्र पठाएर बिदाइ गर्नु पर्नेअवस्था रहेको  र स्थानीय स्थरको  उत्पादनलाई बढि प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चल्दले बडिकेदार गाउँपालिकाको हरेक क्षेत्रमा  कुनै न कुनै उत्पादनको हिसाबले पकेट क्षेत्र  रहेको र स्थानीय स्थरमा उत्पादित बस्तु बजार अभाव र बस्तुको भाउनै किसानले नपाउदा समस्या भएको बताउनु भएको छ।

त्यस्तै कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट)ले बडिकेदारमा अदुवा पकेट क्षेत्र भएकाले अदुवा प्रसोधन केन्द्र लगायत र उचित  तालिम संचालन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

यस भन्दा अगाडि जोरायल गाउँपालिकाको बुडरमा औद्योगिक ग्राम स्थापना भए पनि त्यसले खासै गति लिन भने सकेको छैन ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा