धनगढी बहु प्राविधिक शिक्षालय भवनको नगर प्रमुख वडद्धारा उद्घाटन

March 29, 3:56

धनगढी,१५ चैत्र / धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ९ सिटिईभिटी० संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको उद्धघाटन गरेका हुन । भवन निर्माणको ठेक्का जी के कन्स्ट्रक्सन धनगढीले लिएको थियो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए । धनगढी उप–महानगरपालिकाका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले धनगढी बहुप्राविधिक शिक्षालयले न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताए ।

धनगढी बहुप्राविधिक शिक्षालय संचालन समितिका सदस्य पदम सिंह कुँवरले धनगढी बहुप्राविधिक शिक्षालय उप–महानगरपालिकाको ड्रिम प्रोजेक्ट भएको बताए । 

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा