vivo

सम्मानजनक अस्तित्व स्थापितका लागि गठबन्धन हुन्छ : खगराज भट्ट

April 03, 7:55

दार्चुला / नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताउनुभएको छ । शनिवार प्रेस सेन्टर नेपालद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

उनले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए । केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उनको भनाइ थियो ।

साथै उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे माग जायज रहेको बताउदै यसबारे माथिल्लो तहमा यसबारे कुरा भइरहेको बताए । यसैबीच शनिवार जिल्ला सदरमुकाम खलंगामा नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा प्रशिक्षण भेला आयोजना गरिएको हो । समन्वय समिति दार्चुलाका संयोजक मान बहादुर धामीको अध्यक्षता रहेको भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य खगराज भट्टले सम्बोधन गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

गठबन्धन दलहरू बाट धाेका भयो' : वड
धनगढी ८ बैशाख / नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट… विस्तृतमा
नगर प्रमुख बलायर निर्देशन : कर्मचारीलाई ड्रेस अनिवार्य…
दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न… विस्तृतमा
जनताका सपना साकार पार्न जनप्रतिनिधिहरूलाई बलायरको…
डोटी ६ जेठ / स्थानीय जनताहरूकाे सपना साकार पार्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेपाली काँग्रेस… विस्तृतमा
काँग्रेस नेता रावतको वडामा काँग्रेसको प्यानललाई…
धनगढी, ५ जेठ - कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय… विस्तृतमा