कैलालीमा पनि गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय

April 06, 4:19

धनगढी,२३ चैत । स्थानीय निर्वाचनमा  कैलालीमा पनि पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधवार काँग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठबन्धन प्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा वार्ता समूहका सदस्य विमल जोशीले दलहरू गठबन्धन प्रति प्रतिबद्ध रहने निर्णय गरेको बताए । उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ ।

आउँदो २५ गते २ बजे पुनः पाँचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिए । आजको बैठकमा माओवादी केन्द्रका नेताको निधनका कारण उपस्थित हुन नसकेको बताइएको छ । २५ गते हुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तिम चरणमा पुगाउने सहमति भएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कैलाली इन्चार्ज, प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली काँग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भीम बडुवाल, सचिव केशव मिश्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यस अघि कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा चुनावी तालमेल गर्ने गठबन्धन बिच सहमति भइसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा