डोटीमा जिल्ला सुरक्षा समितिद्वारा मतदान केन्द्रको अवलोकन

April 08, 6:10

डोटी, २५ चैत / स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डोटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाका शिखर नगरपालिका, जोरायल गाउँपालिका र वडीकेदार गाउँपालिकामा रहेका मतदान केन्द्रको अवलोकन गरिएको हो । यस अघि पूर्वीचौकी गाउँपालिकाका मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो ।

जिल्ला सुरक्षा समिति, डोटीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा प्रहरी प्रमुख सारदा प्रसाद चौधरी, शसस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धन, निर्वाचन कार्यालय लगायतका सुरक्षा समितिका पदाधिकारीहरूले अवलोकन भ्रमण गरेका हुन् । भ्रमणका क्रममा जिल्लाका विकट वस्तीमा शान्ति सुरक्षाको अवस्था, मतदान केन्द्रको भौतिक अवस्था, आसन्न स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

अवलोकन भ्रमणकै क्रममा कोभिड विरुद्धको खोपको प्रगति एव्रं टाईफाईड विरूद्ध दिन लागिएको खोपको तयारीसम्वन्धमा समेत स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी स्वमस्थ्य स्वयंसेविकाहरू र अन्य सरोकारवालाहरूसंग छलफल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्टले निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई उच्च मनोबल राखी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ सतर्क रही सुरक्षा चुनौतीको समयमा नै मूल्यांकन गरेर आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । शान्त र भयरहित निर्वाचन सम्पन्न गराउन राज्यले प्रहरीलाई महत्वपूर्ण भूमिका दिएको भन्दै यसलाई अवसरका रुपमा लिनुपर्ने उनले बताए ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा एक सय ७१ मतदान केन्द्र तोकिएको छ । सुरक्षा समितिले अन्य पालिकाहरुमा रहेका मतदान केन्द्रको पनि अवलोकन निरीक्षण गर्ने जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा