सुदूरपश्चिम प्रदेश सभा बैठक संचानलका ६ असफल प्रयास  

Sudoor Pardesh sabha
Sudoor Pardesh sabha
July 02, 4:15

धनगढी, असार १७ - सुदूरपश्चिम प्रदेश सभाको बैठक छैटौँ पटक सारिएको छ । आज दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैठक सभामुखको निर्देशन पछि भोलि अपरान्ह् ४ बजेसम्मका लागि सारिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।

यस अघि पतिपक्षीदलका संसदहरुको उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौँ पटक आइतबार कार्यसूचीमै प्रवेश नगरी सारिएको थियो । प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध पार्दै आएका छन् । 
बजेटका विषयमा सरकार र प्रतिपक्षी बिच बार्ता भए पनि सहमति भने भइसकेको छैन । जसकै कारण आजको प्रदेश सभा बैठक पनि सारिएको बुझिएको छ ।

 

  • यस अघि पाचौं पटकसम्म यसरी सारियो बैठक

सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौपटक सारिएको छ। असार १ पछि सुदूरपश्चिम प्रदेश सभा निर्वाध रूपमा सञ्चालन हुन पाएको छैन। असार १ गते बजेट ल्याइएपछि प्रदेश सभाको बैठक पाँच गते बोलाइयो। पाँच गते प्रतिपक्षीले बजेटमा असन्तुष्टि जनाउँदै सदन अवरुद्ध पार्नुका साथै रातो किताब समेत जलाए।

त्यसपछि प्रदेश सभा ८ गतेलाई सारियो। प्रतिपक्षीको अवरोध हुने सूचना पाएपछि ८ गते र ११ गते लगातार दुई पटक प्रदेश सभा बैठक सूचना टाँसेर सारियो। १३ गते सरकारले प्रतिपक्षीसँग वार्ता नै नसकेर बैठक बोलाइएपछि पतिपक्षीका सांसदहरूले सदनमै जिन्दाबाद र मुर्दावादका नारा लगाए। बैठक १५ गतेलाई सारियो।

आइतबार बैठक सञ्चालनकै विषयमा अन्यौलता छायो। तीन बजे सत्तारुढ दलका सांसद र तीन जना मन्त्रीहरू सदन परिसरमा पुगिसकेका थिए। बैठकका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बजेटमाथिको सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। मन्त्री वोहरा भने त्यहाँ थिएनन्।

झन्डै १५ मिनेट ढिला गरी बैठक सुरु भयो। बैठकमा सत्तारुढ दलका सांसदको मात्रै उपस्थिति देखियो। प्रतिपक्षी दल काँग्रेस र राजपाका १ जना सांसद पनि बैठकमा थिएनन्। प्रतिपक्षीका एक जना पनि सांसद नदेखिएपछि सभामुख अर्जुन बहादुर थापाले बैठक कार्यसूचीमा प्रवेश गराउने सयमा बैठक मङ्गलवार दिउँसो ३ बजेसम्म स्थगित गरिएको सदनलाई जानकारी गराए।

बैठक पछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले प्राविधिक कारणले बैठक सुचारु गरेर कार्यसूचीमा प्रवेश नगराई स्थगित गर्नुपरेको बताए। ‘सरकार र प्रतिपक्षी दलका सांसदहरूबिच भोलिसम्म वार्तालाई निष्कर्षमा पु¥याएर मङ्गलवार बैठक बोलाउने सहमति भएको थियो,’ उनले भने ‘प्राविधिक कारणले बैठक सारिएको केही समय अघि सूचना दिन नसक्दा बैठक सुरु गरेर नै सरेको जानकारी गराइएको हो।’

सरकारले प्रतिपाक्षीदलहरु सँग बजेटको सहमतिका लागि चार पटक वार्ता गरिसकेको छ। तर निष्कर्ष भने निस्केको छैन। प्रतिपक्षी दलहरूले सरकारले बजेटलाई कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई प्रशय दिने गरी कनिका छरेजस्तो गरेको आरोप लगाउँदै आएका छन्।

आइतबार बिहान मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह र आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरासँग सोमबारसम्म वार्ता निष्कर्षमा पु¥याउने गरी सकारात्मक छलफल भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा। रण बहादुर रावलले बताए।

उनले सदन सुचारुका विषयमा मङ्गलवार सदन बोलाउने सरकारसँग सहमति भएको बताए। बिहान मुख्यमन्त्री ज्यु लगायत संरकासंगको बर्तामा सकारात्मक छलफल भएको थियो, उनले भने ‘सोही समयमा मुख्यमन्त्री ज्युले सभामुखलाई फोन सम्पर्क गरेर बैठक कंगलबारलाई सार्ने बताएका थिए। तर अहिले फेरी बैठक किन बोलाइयो, यस विषयमा हामी बुझ्ने छौँ।’

अर्को प्रतिपक्षी दल राजपाका सांसद कृष्णबहादुर चौधरीले सरकारसँग सकारात्मक वार्ता भएको भए पनि सदन बोलाइएको विषयमा सरकारको दोहोरो चरित्र देखिएको उनको भनाइ छ। ‘सरकारले बैठक मङ्गलवार बोलाउने हाम्रै अगाडी भनेको थियो। तर अहिले फेरी बैठक बोलाइएछ। यसले सरकारले प्रतिपक्षीलाई पेलेरै भए प बजेट पारित गर्नुपर्छ भन्ने मनसाय सरकारले पालेको देखिएको हामीले बुझेका छौ। तर भ्रष्टाचार मौलाउने गरी ३० लाख जनताको हित विपरीत आएको बजेट अहिलेकै अवस्थामा कुनै पनि हालतमा पारित हुन दिन्नौँ।’ सांसद चौधरीको भनाइ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएको थियो। प्रतिपक्षीको अवरोधका कारण बजेटमाथि १५ दिनसम्म पनि छलफल सुरु हुन सकेको छैन। सरकार र प्रतिपक्षीको वार्ता भने विगत भन्दा केही सकारात्मक देखिएको बुझिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा