डोटीमा बैँकर्स क्लब गठन

April 10, 11:33

डोटी,२७ चैत्र / डोटीमा रहेका सबै बैंकहरु मिलेर बैँकर्स क्लब गठन गरीएको छ । डोटी जिल्ला भरीका सम्पुर्ण बैँक तथा वित्तिय सँस्थाका सबै कर्मचारीहरुको संयोक्तत्वमा ११ कार्य समिति तयार पारी गठन गरीएको छ । एनआईसीएसिया बैंक डोटी शाखाका  शाखा प्रबन्धक तपराज भट्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन ।  

त्यसै गरी डिप्रोक्स माईक्रोफाईनान्सका प्रबन्धक चेतमान बोहरा र महालक्ष्मी विकास बैक का शाखा प्रबन्धक डिल्लिराज भट्ट उपाध्यक्ष ,  सचिवमा ग्लोबल आईएमई बैक का भास्कर प्रसाद जोशी , कोषाध्यक्षमा एन एम वि बैक का लक्ष्मन भट्ट सहसचिव मा एन आई सि एसिया माईक्रोफाईनान्सका प्रबन्धक हेम राज पाठक र अन्य ५ सदस्य सहित को कार्य समिति चयन भयको छ । 

सदस्यहरु विच सीप को अनुभव आदान प्रदान गर्ने , क्षमता अभिवृद्दिका लागि सहयोग गर्ने, स्थानिय स्थरमा सामाजिक कार्यहरुमा कर्मचारीहरुको सामुहिक प्रयास मार्फत सहयोग गर्ने,बैक तथा वित्तिय सँस्थाहरुमा कार्यरत कर्मचारीहरु विच आपसि यकता,सत्भावना,भात्तृत्व ,शिष्टाचारको भावना अभिवृद्दि गर्ने र कर्मचारिका हक हितका लागि कृयाशिल हुने, सामाजिक उत्तरदायित्व वहन गर्ने ,रक्तदान , प्रकोपमा परेका हरुको उद्दार कार्य,स्वास्थ शिविर सन्चालन , नगर सरसफाई, आदि ईत्यादि कार्य गर्ने मुख्य उद्देश्यका साथ उक्त क्लब गठन गरियको अध्यक्ष भट्टले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा